-1717744940.jpg)
काठमाडौं— मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्।
केहीबेरअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
सिंहले ६ दलका ५५ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए। सोही अनुसार मुख्यमन्त्री नियुक्त गरिएको र शपथग्रहणको तयारी गरिएको छ।
मध्यान्न १२ बजेदेखि १ बजेसम्ममा शपथग्रहण गर्ने गरी तयारी गरिएको प्रदेश प्रमुखको कार्यालय एक कर्मचारीले जानकारी दिए।
मुख्यमन्त्री नियुक्त भएका सिंहलाई उनको दल जनमतसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनको समर्थन रहेको छ।
त्यसो त मन्त्रालयको भागबण्डा समेत मिलिसकेको र आजै मन्त्रीहरुले समेत शपथग्रहण गर्नेछन्।