आज छ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं— आज संसद्का छ वटा समितिको बैठक बस्दैछ। संसद् सचिवालयले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।
आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका छ।
संसद्का दुई सदन प्रतिनिधि सभा जेठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेठ २८ गते दिउँसो १:१५ बजे बस्नेछन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ ०९:२५