दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु बुधबार, भदौ १२, २०८१

सशस्त्र प्रहरीका ४ डीआईजीको सरुवा बुधबार, भदौ १२, २०८१ सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ।भदौ १२ गतेको निर्णय अनुसार ४ जना डीआईजीलाई विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो।
![स्पेनमा ‘टोमाटिनो’ फेस्टिभल [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/277761-01-02-1724857215.jpg)
स्पेनमा ‘टोमाटिनो’ फेस्टिभल [तस्बिरहरू] बुधबार, भदौ १२, २०८१ स्पेनको भ्यालेन्सियास्थित बुनोल गाउँमा बुधबार ‘टोमाटिनो’ फेस्टिभल मनाइएको छ। यो फेस्टिभल हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ।फेस्टिभलका सहभागीले एकअर्कालाई टमाटरले हानेर रमाइलो गर्ने गर्छन्। ‘टोमाटिनो’ खानेकुरा हानाहान गरेर मनाइने विश्वकै ठूलो फेस्टिभल मानिन्छ। फेस्टिभल १९४५ अगस्ट २९ बाट मनाउन सुरु गरिएको हो।

ओली र देउवाविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ बुधबार, भदौ १२, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले कञ्चनपुरका दीपक सिंह ठगुन्नालाई नियन्त्रणमा लिएको बताए।

इलामको वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १२, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाम नगरपालिका वडा नम्बर ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

एआईजी श्यामलाल ज्ञवालीसहित ५ अधिकृत सर्वोच्चमा बुधबार, भदौ १२, २०८१ एआईजी ज्ञवाली सहितका अधिकृतहरूको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग हार्यो नेपाल बुधबार, भदौ १२, २०८१ साफ यू–२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४–१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू–२० को उपाधि जितेको हो।

नेपालविरुद्ध बंगलादेशले तेस्रो गोल गरेपछि समर्थक आक्रोशित, फाले मैदानमा पानीको बोतल बुधबार, भदौ १२, २०८१ लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे। बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन्।

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बनर्जीको घोषणा बुधबार, भदौ १२, २०८१ भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन्।

पुल हाउस सञ्चालकको हत्या अभियोगमा काठमाडौंबाट एक जना पक्राउ बुधबार, भदौ १२, २०८१ पक्राउ परेका एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेर नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

शेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा बुधबार, भदौ १२, २०८१ बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ। अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो।

जबरजस्ती करणी गरेको अभियोगमा ५८ वर्षीय पुरुष पक्राउ बुधबार, भदौ १२, २०८१ १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका-४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्बर बहादुर पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याइयोः सुमना श्रेष्ठ बुधबार, भदौ १२, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले अमुक ल फर्मले बनाएको विधेयक संसद्मा ल्याएको भन्दै संसद्मा प्रश्न उठाएकी छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धितोपत्र ऐन संशोधन विधेयकको ‘अथर’को खोजी गर्न भनेकी छन्।









