News Griha :: न्यूजगृह
शेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा

काठमाडौं— बुधबार शेयर बजार तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ। 

बजार २७८६ अंकमा बन्द भयो। जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो।

बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ। अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो।

९८ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने ४ को स्थिर रह्यो। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:५६
Weather Update