प्रतिनिधि सभाको बैठक आज पनि बुधबार, भदौ १२, २०८१

दोरम्बा पहिरो: मृतकको सङ्ख्या ८ पुग्यो, दुई जना अझै बेपत्ता बुधबार, भदौ १२, २०८१ रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गत आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको सङ्ख्या ८ पुगेको हो।

धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’, एसियाको दोस्रो बुधबार, भदौ १२, २०८१ विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ। संगठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरे।

अमेरिकाको टेक्सास राज्यमा नेपाली युवतीको गोली हानी हत्या बुधबार, भदौ १२, २०८१ अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली युवतीको गोली हानेर हत्या भएको छ।भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्ट बस्थिन्। अपार्टमेन्ट मै उनको हत्या भएको हो। उनको छातीमा गोली लागेको छ।

यू–२० साफ च्याम्पियनसिप: नेपाललाई ७ वर्षपछि उपाधि जित्ने अवसर बुधबार, भदौ १२, २०८१ नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल दिउँसो साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।

दारी ग्याङ फुटसल हुने बुधबार, भदौ १२, २०८१ दारी ग्याङको समूहको आयोजनामा हुन हुने प्रतियोगितामा २४ देखि ३२ टोलीको सहभागिता रहने आयोजक समूहका सदस्य नीरजकुमार भट्टले मंगलबार पत्रकार सम्मेलनमा बताए।

मुस्ताङको थासाङमा पुनः गयो हिउँपहिरो, बोक्सीखोला थुनियो बुधबार, भदौ १२, २०८१ मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडा अध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।

एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को–को निर्वाचित भए? बुधबार, भदौ १२, २०८१ जस अनुसार उपाध्यक्षमा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन्। उपाध्यक्षमा निर्वाचित जोशी बाहेक तिनै जना अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् ।

रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित बुधबार, भदौ १२, २०८१ नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्। राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्। हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षमा भारतका जय शाह निर्वाचित बुधबार, भदौ १२, २०८१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो बुधबार, भदौ १२, २०८१ बुधबार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो।

३ प्रदेशमा हल्का पानी पर्दै, कर्णालीमा भारी वर्षा हुने अनुमान बुधबार, भदौ १२, २०८१ आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

फुटबल खेलाडीको तलब मासिक १२ हजारका दरले बढाउने एन्फाको निर्णय मंगलबार, भदौ ११, २०८१ मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० हजार बनाउने निर्णय गरेको हो।









