News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को–को निर्वाचित भए?

काठमाडौं— नेकपा एकीकृत समाजवादीको उपाध्यक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। 

जस अनुसार उपाध्यक्षमा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६)  विजयी भएका छन्। उपाध्यक्षमा निर्वाचित जोशी बाहेक तिनै जना अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाँक्री पराजित भएकी छन्। नेपाल पक्षले आफू निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो।

त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ। जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन्। त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन्।

चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:३२
Weather Update