News Griha :: न्यूजगृह
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित

काठमाडौं— नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्। राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्।

हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन्।

गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो। राई यसअघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन्।

मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:२१
Weather Update