News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक आज पनि

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ।

आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:३१
Weather Update