ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशलः दूतावास मंगलबार, भदौ ११, २०८१

अन्नपूर्णमा विदेशी पर्यटक मृत भेटिए मंगलबार, भदौ ११, २०८१ कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ। अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए।

ओमानका विदेशमन्त्री स्वदेश फर्किए मंगलबार, भदौ ११, २०८१ उनी परराष्ट्रमन्त्री डा आरजु राणाको निमन्त्रणामा यही सोमबार काठमाडौंआएका थिए। भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री अल्बुसैदीबिच आज द्विपक्षीय भेटवार्ता भएको थियो।

हङकङ उड्नै लागेको निगमको न्यारोबडी जहाज फेरि ग्राउण्डेड, १ सय ५४ यात्रु विमानस्थलमै मंगलबार, भदौ ११, २०८१ १ सय ५४ यात्रु राखेर हङकङ उड्नै लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मङ्गलबार पुनः ग्राउण्डेड भएको छ।शनिबार राति १२ बजे ग्राउण्डेड भएको सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीलाई मङ्गलबार बिहान टर्किस एअरलायन्सबाट झिकाइएको स्पेयर पार्ट्स राखेर मर्मत गरिएको हो।

टीआरसी विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल, राष्ट्रपतिसमक्ष पठाइँदै मंगलबार, भदौ ११, २०८१ मंगलबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको सन्देशबारे जानकारी गराएका हुन्।

धरानमा खुकुरी प्रहार गरी १४ वर्षीया बालिकाको हत्या, एक जना घाइते मंगलबार, भदौ ११, २०८१ खुकुरी प्रहारबाट सिर्जनाको बायाँ पाखुरामा चोट लागेको छ। युनिसाको बायाँ छातीमा गम्भीर चोट लागेको थियो। घाइते दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो।

एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि मतदान सुरु, कुन पदमा को–को लड्दै छन्? मंगलबार, भदौ ११, २०८१ नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव सुरु भएको छ। कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान सुरु भएको हो। बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन्।

कांग्रेसमा जुटेन सहमति, देउवाले बिहीबार महामन्त्रीद्वयसँग पुनः छलफल गर्ने मंगलबार, भदौ ११, २०८१ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजेका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्।

अष्ट्रेलियाले फेरि घटायो विदेशी विद्यार्थीको कोटा, नेपाली विद्यार्थी प्रभावित हुने मंगलबार, भदौ ११, २०८१ अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ। नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ।

प्रचण्डलाई एमालेको जवाफ– प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई बनाउनुस्, हामीलाई चाहिँदैन मंगलबार, भदौ ११, २०८१ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न सत्तारुढ दललाई आग्रह गरेका थिए।

प्रस्तावित १७ राजदूतविरुद्ध ९ वटा उजुरी मंगलबार, भदौ ११, २०८१ विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन्। समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो। उजुरी माथिको सुनुवाइ यही भदौ १४ गतेबाट थाल्नेगरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
-1716205509.jpg)
कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने मंगलबार, भदौ ११, २०८१ बुधबार दिउँसो ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

३० वर्षे प्रकरणः सशस्त्र प्रहरी अधिकारीको पद थमौती हुने रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश मंगलबार, भदौ ११, २०८१ सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासमा विपक्षीहरूसँग लिखित जवाफ मात्र माग गर्ने आदेश दिएको छ।









