साधारण सदस्यसमेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्काषित मंगलबार, भदौ ११, २०८१

नेपालगञ्जबाट ३४ तोला सुन र साढे १० किलो चाँदीसहित चारजना नियन्त्रणमा मंगलबार, भदौ ११, २०८१ नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु मंगलबार, भदौ ११, २०८१ गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका-१० नारायणपुरका ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उम्मेदवारी, उपमहासचिवमा ४ जनाको मनोनयन मंगलबार, भदौ ११, २०८१ नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने मंगलबार, भदौ ११, २०८१ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ।

विराटनगरमा आज राधाकृष्ण रथयात्रा, प्रदेशभरि सार्वजनिक बिदा मंगलबार, भदौ ११, २०८१ मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ सुरु हुनेछ।

मोदी र बाइडेनबीच टेलिफोन कुराकानी मंगलबार, भदौ ११, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन्। दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्याएका थिए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान मंगलबार, भदौ ११, २०८१ देशभर आज आंशिकदेखि साधारणतया बदली रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रास्वपाको केन्द्रीय समिति बैठक सुरु मंगलबार, भदौ ११, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो। बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ।

पाकिस्तानको बलुचिस्तानमा श्रृङ्खलावद्ध आक्रमण, ५१ जनाको मृत्यु मंगलबार, भदौ ११, २०८१ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार भएको शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीसहित ५१ जनाको मृत्यु भएको छ।

इजरायलमा हिजबुल्लाहले आक्रमण गर्दा इरान खुसी मंगलबार, भदौ ११, २०८१ इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ। इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ।

नाडा अटो सो आजदेखि मंगलबार, भदौ ११, २०८१ नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी नाडा अटो सो २०२४ आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै छ।

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी आज खोलिँदै मंगलबार, भदौ ११, २०८१ संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोली सूचना वितरण गर्ने भएको छ।









