News Griha :: न्यूजगृह
अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागू
अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागू अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ को नयाँ नियम लागू भएको छ। जसमा अफिस समयपछि घरमा पुगिसकेपछि कम्पनीको कल र म्यासेजको जवाफ दिन बाध्य महसुस गर्नेहरूलाई राहत दिइएको छ। नयाँ कानुनले कर्मचारीहरूलाई कार्यालय समयपछि फोन र म्यासेजको जवाफ बेवास्ता गर्ने स्वतन्त्रता दिएको छ।
हजुरआमा घरभित्र मृत, नाति पक्राउ
हजुरआमा घरभित्र मृत, नाति पक्राउ हेटौँडामा उपमहानगरपालिका– ११ पाथीभरा मन्दिर नजिकै एक वृद्धा मृत फेला परेकी छन्। सोमबार बिहान करिब ७१ वर्षकी ठूलीमाया विश्वकर्मा आफ्नै घरभित्र मृत फेला परेकी थिइन्।
टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा
टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कड्किएका छन्।शुभकामना दिन मञ्चमा पुगेलगत्तै होहल्ला गरेपछि देउवाले ‘हल्ला गर्दै गर्नुस् म आफ्नो कुरा राख्छु,’ भने।
काठमाडौं आसपास क्षेत्रमा भारी वर्षा, बागमती नदीले सतर्कता तह पार गर्‍यो
काठमाडौं आसपास क्षेत्रमा भारी वर्षा, बागमती नदीले सतर्कता तह पार गर्‍यो दिउँसो पाैने तीन बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। 
प्रसूतिगृहबाट ३० हजार महिलाले सेवा लिए
प्रसूतिगृहबाट ३० हजार महिलाले सेवा लिए प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए। अस्पतालले सोमबार ६५औँ वार्षिकोत्सव मनाएको छ। सो अवसरमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४...
८ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
८ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधान पूर्णरुपमा बन्द गरिएको हो।
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दिका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन्।
मुकुललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस, अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने
मुकुललाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस, अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविधि लगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
३० वर्षे सेवा अवधिअनुसार अवकाशमा नपठाउन भन्दै प्रहरी हेडक्वाटरको सर्कुलर
३० वर्षे सेवा अवधिअनुसार अवकाशमा नपठाउन भन्दै प्रहरी हेडक्वाटरको सर्कुलर ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ।आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो।
मर्स्याङ्दीमा खसेको बस अझै निकाल्न सकिएन, सडक बन्द लम्बिँदा यात्रुलाई सकस
मर्स्याङ्दीमा खसेको बस अझै निकाल्न सकिएन, सडक बन्द लम्बिँदा यात्रुलाई सकस गत शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस नदीमा खसेको थियो। उक्त बस निकाल्नका लागि आज  सोमबार बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो
थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढावपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ।थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो।
पाकिस्तानमा गोली हानी २३ जनाको हत्या
पाकिस्तानमा गोली हानी २३ जनाको हत्या पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार २३ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो।
Weather Update