हजुरआमा घरभित्र मृत, नाति पक्राउ

मकवानपुर— हेटौँडामा उपमहानगरपालिका– ११ पाथीभरा मन्दिर नजिकै एक वृद्धा मृत फेला परेकी छन्। सोमबार बिहान करिब ७१ वर्षकी ठूलीमाया विश्वकर्मा आफ्नै घरभित्र मृत फेला परेकी थिइन्।
नातिसँगै बस्दै आएकी उनको दुवै कानबाट रगत बगेको अवस्थामा शव फेला परेपछि हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ।
अनुसन्धानका लागि उनका नाति २८ वर्षका प्रविण विश्वकर्मालाई नियन्त्रणमा लिइएको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
यद्यपि हत्या भएको हो वा होइन खुलिसकेको छैन। घटनामा प्रविणको संलग्नता पनि पुष्टि भइसकेको छैन।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १६:५६













