News Griha :: न्यूजगृह
पाकिस्तानको बलुचिस्तानमा श्रृङ्खलावद्ध आक्रमण, ५१ जनाको मृत्यु

काठमाडौं— पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार भएको शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीसहित ५१ जनाको मृत्यु भएको छ।

आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू सुरु गरेको थियो। 

ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो। जसमा २३ यात्रुहरू मारिएका थिए। लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतङ्कवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा पाँच सैनिकको मृत्यु भएको थियो।

शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका ८ सदस्यको पनि मृत्यु भएको थियो।

अर्को छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतङ्ककारीहरूले आक्रमण गर्दा ५ सुरक्षाकर्मीहरू सहित १० जनाको मृत्यु भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:१३
Weather Update