News Griha :: न्यूजगृह
नाडा अटो सो आजदेखि
नाडा प्रदर्शनीको मुख्य आकर्षक इलेक्ट्रिक कार बीवाईडी एटो ३ रहेको छ। नेपाली बजारमा बीवाईडीका इलेक्ट्रिक कार साइमेक्स इंकले बिक्री गरिरहेको छ।

काठमाडौं— नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी नाडा अटो सो २०२४ आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै छ।

प्रदर्शनी आजदेखि ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने छ। नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ।

यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। 

नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन बिक्री गरिरहेका ब्रान्डसमेतको गर्दा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने नाडाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०८:५५
Weather Update