फेरि बढ्यो अन्डाको भाउ, शुक्रबारदेखि लागू हुने बिहीबार, भदौ १३, २०८१

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेस्टहाउस सञ्चालक पक्राउ बिहीबार, भदौ १३, २०८१ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका सञ्चालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन्।

योगेश भट्टराईमाथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा बिहीबार, भदौ १३, २०८१ बुधबार संसद्मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद् बाहिर पनि चर्किने देखिएको छ। बुधबार संसद्मा माओवादीप्रति भट्टराईले आक्रामक सम्बोधन गरेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।

पारस खड्का लिजेन्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध बिहीबार, भदौ १३, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेन्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आँउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बिहीबार, भदौ १३, २०८१ आजको छलफलमा महामन्त्रीद्वयले आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए। ‘आज पनि कुरा नमिलेपछि शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी उठ्यौँ,’ ती पदाधिकारीले भने।

तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी बिहीबार, भदौ १३, २०८१ जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढङ्गले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

एमाले सचिवालय बैठक बस्दै बिहीबार, भदौ १३, २०८१ ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजे बस्न थालेको हो। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

चोरीशिकारमा संलग्न रहेको आरोपमा पूर्व डीआईजी र बहालवाला सईसहित १० जना पक्राउ बिहीबार, भदौ १३, २०८१ जङ्गली जनावरको चोरीशिकारमा संलग्न रहेको आरोपमा पूर्व डीआईजी र बहालवाला सईसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

दल विभाजन सम्बन्धी उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, भदौ १३, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा आजको लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १,५३,२०० रुपैयाँ पुग्यो बिहीबार, भदौ १३, २०८१ महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो।

अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या गरेको आशङ्कामा एक जना पक्राउ बिहीबार, भदौ १३, २०८१ अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो।

श्रीकेश तेल गुणस्तर पुष्टि हुन सकेन, उत्पादक कम्पनीलाई २ लाख जरिवाना बिहीबार, भदौ १३, २०८१ काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिए।

म प्रधानमन्त्री बन्ने सम्भावना छैनः परराष्ट्रमन्त्री राणा बिहीबार, भदौ १३, २०८१ एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै उनले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन्। ‘ओलीले आफ्नै दलको कुनै महिलातर्फ सङ्केत गर्नु भएको होला,’ उनले भनिन्।









