सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १,५३,२०० रुपैयाँ पुग्यो
काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।
महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो।
यस्तै चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ ११:३८