दल विभाजन सम्बन्धी उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौ— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा आजको लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको छ।
सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजलास)मा पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि स्थगित भएको हो।
यसअघि संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जेठ २७ गते बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको थियो। उक्त आदेश अनुसार आज कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको थियो।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १२:१५