बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, भदौ १४, २०८१

प्रस्तावित राजदूतको सुनुवाइ: आज उजुरीकर्तासँग छलफल शुक्रबार, भदौ १४, २०८१ संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग शुक्रबार छलफल गर्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।

अमेरिकी डलर र युरोको भाउ घट्यो शुक्रबार, भदौ १४, २०८१ बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ। नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ।
![पाँचथर विस्फोट [अपडेट] : घाइते दाजुबहिनीको मृत्यु](https://newsgriha.com/uploads/posts/798-98-1724981769.jpg)
पाँचथर विस्फोट [अपडेट] : घाइते दाजुबहिनीको मृत्यु शुक्रबार, भदौ १४, २०८१ ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन्। त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। बम द्वन्द्वकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशङ्का गरेका छन्।

धरानमा बाढीले बगाउँदा बालकको मृत्यु शुक्रबार, भदौ १४, २०८१ बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

काभ्रेमा १३ वर्षीया बालिका मृत भेटिइन् शुक्रबार, भदौ १४, २०८१ बिहीबार अपरान्ह घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो।

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु शुक्रबार, भदौ १४, २०८१ अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको पशुपतिको महास्नान घर भासियो, जीर्णोद्वार गरिँदै शुक्रबार, भदौ १४, २०८१ २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ। आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो। बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो।

अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या घटनामा पक्राउ परेका व्यक्ति बबी सिंह बिहीबार, भदौ १३, २०८१ अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ।ह्युस्टन प्रहरीले नेपाली समय अनुसार बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबी सिंह साह भएको बताएको छ। उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

पाँचथरमा विस्फोटमा परी तीन बालबालिका घाइते, दुईको अवस्था गम्भीर बिहीबार, भदौ १३, २०८१ पाँचथरको फालेलुङ गाउॅपालिका—५ प्राङवुङमा विस्फोट हुँदा तीन जना बालबालिका घाइते भएका छन्।घाइते हुनेमा स्थानीय डाँडागाउँ निवासी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन, अढाइ वर्षीया छोरी प्रिन्सा र छिमेकी ९ वर्षीय पवन राई छन्।

मुख्यसचिवमा अर्याल नियुक्त भएपछि सचिव ज्ञवालीले दिए राजीनामा बिहीबार, भदौ १३, २०८१ सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन्।मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए। सरकारले मुख्यसचिव नबनाएपछि उनले राजीनामा दिएका हुन्।

जापानमा शक्तिशाली आँधी बिहीबार, भदौ १३, २०८१ यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ। शानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ।

बाजुरामा भूकम्पको धक्का बिहीबार, भदौ १३, २०८१ भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन।









