News Griha :: न्यूजगृह
सीजी सिमेन्टको कोइला पिस्ने मेसिनमा च्यापिएर कामदारको मृत्यु
सीजी सिमेन्टको कोइला पिस्ने मेसिनमा च्यापिएर कामदारको मृत्यु पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवास्थित सीजी सिमेन्ट कम्पनीभित्र मेसिनमा च्यापिएर मंगलबार एक कामदारको मृत्यु भएको छ।
एनसेलले नवीकरण शुल्क ४ किस्तामा तिर्न पाउने, १० प्रतिशत ब्याज तिर्नुपर्ने 
एनसेलले नवीकरण शुल्क ४ किस्तामा तिर्न पाउने, १० प्रतिशत ब्याज तिर्नुपर्ने  ‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ,’ प्रवक्ता गुरुङले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ।’
चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसी नियुक्त
चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसी नियुक्त चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 
प्रहरीमा ३० वर्षे सेवा अवधि विवाद: सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो
प्रहरीमा ३० वर्षे सेवा अवधि विवाद: सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले  रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो। 
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन प्रचण्डको चेतावनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन्।धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए।
चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसीसहित तीन जनाको नाम सिफारिस
चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसीसहित तीन जनाको नाम सिफारिस चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार दिनेश डिसी, दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन्।
राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक
राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन्। यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ।
अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ
अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)सँग मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे। 
बाँकेमा बस दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु
बाँकेमा बस दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए। भुसाल बसका सहचालक हुन्।
विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बाँस्कोटा
विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ: गोकुल बाँस्कोटा बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसद्ले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बाँस्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए।
३६.८३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार
३६.८३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। 
प्रमाण भएरनै रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो: गगन थापा
प्रमाण भएरनै रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन्।प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन्।
Weather Update