News Griha :: न्यूजगृह
राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन्।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन्। यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ।

गत साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२१
Weather Update