News Griha :: न्यूजगृह
सीजी सिमेन्टको कोइला पिस्ने मेसिनमा च्यापिएर कामदारको मृत्यु

पाल्पा— पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवास्थित सीजी सिमेन्ट कम्पनीभित्र मेसिनमा च्यापिएर मंगलबार एक कामदारको मृत्यु भएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति पौने ११ बजे सीजी सिमेन्ट कम्पनीभित्र कोइला पिस्ने मेसिन सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्माको मेसिनमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आफन्तहरू बिहीबारमात्र घटनास्थलमा आएपछि शव उठाइएको छ। उनको शव प्रारम्भिक अनुसन्धान कार्यपश्चात् पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:४६
Weather Update