News Griha :: न्यूजगृह
३६.८३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

काठमाडौ‌— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ३६.८३ अंकले घटेको छ। २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावकाबीच २७४९ बिन्दुमा पुगेर रोकिएको हो।

यो सातामा ४ दिन शेयर कारोबार भयो। आइतबार ८० अंकले बजार घटेको थियो। सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन। मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो।

बुधबार अन्तिम समयमा बजारमा ३.८० अंकको वृद्धि देखियो। आज फेरि घटेको छ। यो साताको ४ दिनमा मात्रै बजार १४५ अंकले झरेको छ।

बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३६
Weather Update