
काठमाडौं— सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ।
भदौ १२ गतेको निर्णय अनुसार ४ जना डीआईजीलाई विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ।
यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ।
यसैगरी राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीमा पठाइएको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोतसाधन विभागमा कार्यरत डीआईजी सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।













