News Griha :: न्यूजगृह
पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटियो, व्यवस्थापन गरिएन
पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटियो, व्यवस्थापन गरिएन काठमाडौंको पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटेर सडकमा छरिएका छन् । स्थानीयका अनुसार प्रयोगमा नआएको तर पोलमा रहेको तार बुधबार काटिएको हो ।
ढाकाकुमारको ठाउँमा रास्वपाले गर्‍यो नयाँ सांसद सिफारिस
ढाकाकुमारको ठाउँमा रास्वपाले गर्‍यो नयाँ सांसद सिफारिस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सर्‍यो राष्ट्रिय सभा बैठक
सर्‍यो राष्ट्रिय सभा बैठक राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश २०८० साल ४ वैशाखका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
एसईईको नतिजा असार तेस्रो साताभित्र
एसईईको नतिजा असार तेस्रो साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठलेले एसईई परीक्षाको नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने योजना गरिएको बताएका छन् ।
कसले जित्ला गौरीगंगा गोल्डकप, यी क्लब हुन् दाबेदार
कसले जित्ला गौरीगंगा गोल्डकप, यी क्लब हुन् दाबेदार कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टारसिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सगरमाथामा हिमपहिरो : तीन जनाले गुमाए ज्यान, शव लिन हेलिकोप्टर पठाउने तयारी 
सगरमाथामा हिमपहिरो : तीन जनाले गुमाए ज्यान, शव लिन हेलिकोप्टर पठाउने तयारी  सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर तीन जनाले ज्यान गुमाएका हुन् ।
अडिओ प्रकरणबारे बोले रास्वपाका सांसद श्रेष्ठ, भन्छन्– जनवरी–फेब्रुअरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार
अडिओ प्रकरणबारे बोले रास्वपाका सांसद श्रेष्ठ, भन्छन्– जनवरी–फेब्रुअरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडिओ सार्वजनिक गरिएको बताएका छन् ।  बुधबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सञ्चारकर्मीसँग उनले अडिओमा सत्यता नरहेको र इडीटीङ गरेर बनाएको दाबी गरेका छन् ।
नयाँवर्षको छेकोमा फेवा किनारमा महोत्सव
नयाँवर्षको छेकोमा फेवा किनारमा महोत्सव नयाँवर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल संघ पोखराले आयोजना गरेको महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
प्रतिनिधि सभामा सांसदको प्रश्न : भारत भ्रमणमा कालापानीबारे कुरा हुन्छ कि हुन्न ?
प्रतिनिधि सभामा सांसदको प्रश्न : भारत भ्रमणमा कालापानीबारे कुरा हुन्छ कि हुन्न ? प्रतिनिधि सभामा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको विषयले प्रवेश पाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ कि छैन भनेर प्रश्न गरे ।
Weather Update