हिमपहिरो
सगरमाथामा हिमपहिरो : तीन जनाले गुमाए ज्यान, शव लिन हेलिकोप्टर पठाउने तयारी

सोलुखुम्बु— सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर तीन जनाले ज्यान गुमाएका हुन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले दिएको जानकारी अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् ।
५ हजार ७ सय मिटरको आएको हिमपहिरोमा ज्यान गुमाउनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १८:३३