News Griha :: न्यूजगृह
एसईईको नतिजा असार तेस्रो साताभित्र

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एसईई परीक्षाको नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने योजना गरिएको बताएका छन् ।

बुधबार सम्पन्न एसईई परीक्षाबारे प्रतिक्रिया दिंदै श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘कुनै समस्या नआए असार तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका छौँ ।’

उनले एसईई परीक्षा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।

७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:१६
Weather Update