News Griha :: न्यूजगृह
म डुबेँ भने कोरटीमबारे भन्छु भन्नुभएको छ ढाकाकुमारले, कुन मानसिकताले भन्नुभएको हो : सभापति लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसद्‍ ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोरटीमबारे भन्छु भनेको बताएका छन् ।

बुधबार रास्वपा मुख्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति रविले सांसद्‍ श्रेष्ठले म डुबेँ भने कोरटिमबारे भन्छु भनेको बताएका हुन् ।

‘उहाँले मेरो अडिओ होइन भन्नुभयो । मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो । तर म डुबेँ भने कोरटीमबारे भन्छु भन्नुएको छ । उहाँले कुन मानसिकताले भन्नुभएको हो,’ रविले भने ।

लामिछानेले भने आफूलाई कोरटीमबारे जानकारी नभएकोदाबी गरेका छन् । पार्टीको छाबिन समितिले अडिओको आवाज ढाकाकुमार श्रेष्ठकै भएको निष्कर्ष निकालेर नै उनलाई कारबाही गरेको पनि सभापति लामिछानेले बताए ।

एउटा सांसदले कुनै अमुक पैसा माग्नु नै पार्टी विधान अनुसार कारबाही गर्नु यथेस्त कारण भएको उनको सभापति रविको भनाइ छ । ‘न उहाँ मन्त्री बन्ने लिस्ट हुनुहुन्थ्यो, न स्वास्थ्य मन्त्रालय नै हाम्रो थियो । बरु उहाँले बनाउनु हुँदैन भनेको मान्छे डा.तोसिमा कार्की मन्त्री बन्नुभएको छ,’ लामिछानेले भने ।

रास्वपाले श्रेष्ठको साधारण सदस्य र समानुपातिक सांसद पद दुवै खारेज गर्ने निर्णय गरिसकेको छ । सांसद श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:३९
Weather Update