News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडिओ सार्वजनिक गरिएको बताएका छन् ।  बुधबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सञ्चारकर्मीसँग उनले अडिओमा सत्यता नरहेको र इडीटीङ गरेर बनाएको दाबी गरेका छन् ।

उनले जनवरी–फेब्रुअरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले यसविरुद्ध आफू न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताए ।

‘अडिओ अहिले जहाँ जसरी पनि बनाउन सकिन्छ । कहाँकहाँबाट कुराहरू जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो । म न्यायालय जान्छु । पार्टीलाई उपनिर्वाचनमा जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु,’ श्रेष्ठले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १८:२३
Weather Update