सर्यो राष्ट्रिय सभा बैठक

काठमाडौं— राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश २०८० साल ४ वैशाखका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
‘मिति २०७९ साल ३० चैत बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल ४ वैशाखको लागि समय निर्धारण गरिएको छ’,जारी सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १९:३०













