News Griha :: न्यूजगृह
पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटियो, व्यवस्थापन गरिएन

काठमाडौं— काठमाडौंको पुरानोबानेश्वर–भीमसेनगोलामा बिजुलीका तार काटेर सडकमा छरिएका छन् । स्थानीयका अनुसार प्रयोगमा नआएको तर पोलमा रहेको तार बुधबार काटिएको हो ।

काटिएका तारलाई व्यवस्थापन नगर्दा सडकमै छरिएका छन् । तारका कारण पैदलयात्री र सवारी चालकलाई समस्या भएको छ ।

उक्त क्षेत्रका स्थानीयको भनाइमा तार काटिए पनि बिजुली बत्तीमा अवरोध भएको छैन ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २०:१५
Weather Update