News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कंशाकारलाई सिफारिस गर्ने गर्ने निर्णय गरेको हो । कंशाकार रास्वपा केन्द्रीय सदस्य हुन् ।

पार्टी सभापति लामिछानेले समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

लामिछानेले अनुशासन तथा आचरण समितिको सिफारिस एवम् विधान विपरीत ढाकाकुमार श्रेष्ठले काम गरेको भन्दै कारबाही गरेको जानकारी दिए ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:४६
Weather Update