News Griha :: न्यूजगृह
सुडान द्वन्द्व : हप्ता दिनसम्म युद्धविराम गर्ने सहमति
सुडान द्वन्द्व : हप्ता दिनसम्म युद्धविराम गर्ने सहमति सुडानमा युद्धरत पक्ष बिहीबारदेखि लागु हुने गरी हप्ता दिन युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ: प्रधानमन्त्री
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ: प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।
राष्ट्रपतिद्वारा २४ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा २४ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले २४ वैशाखमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
कांग्रेसका गुरुङ, बस्नेत र लिम्बू मन्त्री बने
कांग्रेसका गुरुङ, बस्नेत र लिम्बू मन्त्री बने कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यस्तै, मोहनबहादुर बस्नेत स्थास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् । 
तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु
तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधीखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो । 
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
नेप्से परिसूचक ९.१८ अङ्कले घट्यो
नेप्से परिसूचक ९.१८ अङ्कले घट्यो बुधबार नेप्से परिसूचक ९.१८ अङ्कले घटेर १८५७.२३ विन्दुमा झरेको हो । पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रूपमा घट्दै आएको छ ।
दार्चुला हिम पहिरो : मृतक पुरुषको सनाखत, बेपत्ताको खोजी जारी
दार्चुला हिम पहिरो : मृतक पुरुषको सनाखत, बेपत्ताको खोजी जारी हराइरहेका अन्य दुई महिलाको खोजी कार्य जारी छ ।
सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याइयो
सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याइयो ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई आज दिउँसो पक्राउ गरिएको थियो ।  
पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी
पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी यस्तै, प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।
Weather Update