News Griha :: न्यूजगृह
कांग्रेसका गुरुङ, बस्नेत र लिम्बू मन्त्री बने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

प्रचण्डले नेपाली कांग्रेसका तीनजनालाई समावेश गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यस्तै, मोहनबहादुर बस्नेत स्थास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् । 

११ पुस २०७९ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सो कारर्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:१७
Weather Update