News Griha :: न्यूजगृह
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं— ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई आज दिउँसो पक्राउ गरिएको थियो ।  

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी, प्रहरीले आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी लगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:३७
Weather Update