News Griha :: न्यूजगृह
गैरभुटानी शरणार्थीलाई विदेश पठाउन मेरो संलग्नता छैन : रायमाझी

काठमाडौं— प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गैरभुटानी शरणार्थीलाई विदेश पठाउन आफू संलग्न नभएको दाबी गरेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पुर्जी जारी भएपछि रायमाझीले आफू उक्त कार्यमा संलग्न नभएको दाबी गरेका हुन् ।

बुधबार उनले भने,‘गैरभुटानी शरणार्थीलाई विदेश पठाउन मेरो संलग्नता छैन ।’

नेकपा एमाले सचिवसमेत रहेका रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको पनि बताएका छन् ।

उनी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:१८
Weather Update