News Griha :: न्यूजगृह
तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनको मृत्यु
तस्बिरः सानेबहादुर नेपाली/रासस

तनहुँ— तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधीखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुग्दा सो दुर्घटना भएको हो । 

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात आक्रोसित भीडले ट्रक तोडफोड गरेका छन् ।  

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:४४
Weather Update