बलात्कार आरोपमा दुई पक्राउ बुधबार, वैशाख २०, २०८०

सुनको भाउ १८ सयले बढ्यो बुधबार, वैशाख २०, २०८० मङ्गलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा एकहजार ८०० रुपैयाँले बढेर एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योजना छनोट गर्न स्थानीय तहमा छलफल गरिँदै बुधबार, वैशाख २०, २०८०
सवारी ज्यान मुद्दाका अभियुक्त ११ वर्षपछि पक्राउ बुधबार, वैशाख २०, २०८० पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका— १ का ३५ वर्षीय झलकबहादुर मगर छन् ।

सत्तारूढ गठबन्धन दलको बैठक बस्दै बुधबार, वैशाख २०, २०८० गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।

‘सधैँ कर्मचारीकै पिरलो’ बुधबार, वैशाख २०, २०८० ‘एक वर्षमा तीनजना कार्यालय प्रमुखसँग काम गर्नुप¥यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए । लगातार २० दिन काठमाडौंमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ,’ गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, ‘खै ! कर्मचारी धेरै बस्नै नमान्ने ? अनि कसरी काम गर्नु ?’
1682939958.jpg)
प्रचण्डको व्यवहारबाट माधव नेपाल मर्माहत, गठबन्धन धरापमा पर्ने चेतावनी बुधबार, वैशाख २०, २०८० अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रूपमा सरकार चलाउने व्यवहार आफूहरूलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने ।

नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक बुधबार, वैशाख २०, २०८० भेटवार्तामा कम्बोडिया र नेपालबीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशबीचको शान्ति प्रक्रियाका अनुभवहरू आदनप्रदान गर्ने विषयमा छलफलसमेत भएको छ ।

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते बुधबार, वैशाख २०, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा सीसी क्यामेरा जडान बुधबार, वैशाख २०, २०८० दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सीसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए ।

ए डिभिजन लिगमा बुधबार यी क्लब भिड्दै बुधबार, वैशाख २०, २०८० शहीद स्मारक ए डिभिजन लिगमा आज तीन वटा खेल हुँदै छन् ।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो बुधबार, वैशाख २०, २०८० गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ ।

दार्चुलाको व्यासमा हिमपहिरो : बेपत्ताको पहिचान खुल्यो, हिमपातले उद्धारमा कठिनाइ बुधबार, वैशाख २०, २०८० गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डीएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उनले भने,‘हिमपात रोकिएपछि घछनास्थलमा जाने तयारीमा छौँ ।’









