1682939958.jpg)
सुर्खेत— एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरूलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रूपमा सरकार चलाउने व्यवहार आफूहरूलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने ।
आफूहरूसँग गठबन्धन टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको तर, आफूहरूलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको उनले बताए ।
उनका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।













