गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मी— गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ ।
डिभिजन वन कार्यालयकी सूचना अधिकारी मुना शर्माका अनुसार सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको छ ।
डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।
वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०९:४५