News Griha :: न्यूजगृह
बलात्कार आरोपमा दुई पक्राउ

दाङ— १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । 

तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ घर भइ हाल बबई गाउँपालिका–६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । 

किशोरले ती किशोरीलाई गत शनिबार ललाइफकाइ आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै, कञ्चनपुरमा  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:०८
Weather Update