News Griha :: न्यूजगृह
सवारी ज्यान मुद्दाका अभियुक्त ११ वर्षपछि पक्राउ 

काठमाडौं— ललितपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  ओखलढुङ्गाको सुनकोशी गाउँपालिका— १ का ३५ वर्षीय झलकबहादुर मगर छन् ।

झलकले चलाएको बा १ ख ७५७९ नम्बरको मिनी ट्रकको ठक्करबाट ३० मङ्सिर २०६९ मा ललितपुर इमाडोल कृष्ण मन्दिर अगाडि एक जना पुरुष पैदल यात्रीलाई ठक्कर दिएको थियो । पछि उनको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसयता झलक फरार थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:३९
Weather Update