News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा बुधबार यी क्लब भिड्दै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा आज तीन वटा खेल हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्ने छन् । यो खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०९:५९
Weather Update