News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी
प्रतीक थापा । तस्बिर थापाको फेसबुकबाट

काठमाडौं—  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। यसअघि नेकपा एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ।

यस्तै, प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। राईका छोरा निरज विरुद्ध  पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।   

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:४९
Weather Update