नक्कली शरणार्थी प्रकरण
सचिव पाण्डेलाई म्याद थप्न जिल्ला अदालत ल्याइयो

काठमाडौं— ठगी आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई आज दिउँसो पक्राउ गरिएको थियो ।
पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सचिव पाण्डेमाथि थप अनुसन्धान गर्न अदालतबाट पहिलोपटक म्याद लिन खोजेको हो ।
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले आजै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी लगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १५:५६