News Griha :: न्यूजगृह
काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत समूह विजेता
काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत समूह विजेता घरेलु टोली नेपाललाई हराउँदै जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भारतले समूह ए को विजेता बनेको छ ।
रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, १७ जेठमा पेसी 
रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, १७ जेठमा पेसी  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध मुद्दा दायर
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध मुद्दा दायर नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । 
नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि
नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि बुधबार दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।  
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको उजुरीमाथि अनुसन्धान रोकेको आरोपसमेत आईजीपी कुँवरमाथि लागेको छ । त्यसैको परिणामस्वरूप उनलाई एसएसपीबाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा १३ नम्बरबाट एक नम्बरमा ल्याइएको दाबी गरिएको समाचार सार्वजनिक भएका छन् । 
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा  गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून
बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र मुद्राको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।
तनहुँका १५७ सामुदायिक वनमा आगलागी
तनहुँका १५७ सामुदायिक वनमा आगलागी यस वर्ष तनहुँका १५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । 
विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीको सुविधा खोस्न सांसद महासेठको माग 
विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीको सुविधा खोस्न सांसद महासेठको माग  सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै महासेठले विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआईपीहरूको सुविधा खोस्न माग गरे । 
जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन भण्डारीको आग्रह 
जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन भण्डारीको आग्रह  गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारीले उपचारपछि आफूलाई आएको सहयोग रकमले अस्पताल बनाइदिन सरकारसँग आग्रह गरेका हुन् । 
चन्द्र भण्डारीको प्रश्न : अपार अनुभवलाई पन्छाएर गालीगलौजको राजनीति कहिलेसम्म ?
चन्द्र भण्डारीको प्रश्न : अपार अनुभवलाई पन्छाएर गालीगलौजको राजनीति कहिलेसम्म ? नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले द्वन्द्व व्यवस्थापनदेखि जस्तोसुकै जटिल अवस्थामा पनि संविधान बनाएको अनुभव नेपाली राजनीतिसँग भएको बताएका छन् । 
Weather Update