News Griha :: न्यूजगृह
राष्ट्रिय योजना आयोग खारेज गरौँ : अध्यक्ष यादव
राष्ट्रिय योजना आयोग खारेज गरौँ : अध्यक्ष यादव बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताए ।
राजस्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छ : सांसद प्रेम आले
राजस्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छ : सांसद प्रेम आले सांसद प्रेम आलेले राजस्व चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । 
उपचारपछि फर्केका सांसद भण्डारीले भने– व्यवहारिक प्रयोगको शिक्षा दिनुपर्छ 
उपचारपछि फर्केका सांसद भण्डारीले भने– व्यवहारिक प्रयोगको शिक्षा दिनुपर्छ  गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलोपटक प्रतिनिधि सभा बैठकमा उपस्थित भएका हुन् । 
विधिको शासन सबैलाई लागु हुनुपर्छ : सांसद सिंह
विधिको शासन सबैलाई लागु हुनुपर्छ : सांसद सिंह सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद सिंहले विधिको शासन लागु हुनुपर्छ भन्नेले ‘मैले ल्याएको कानुन मलाई नै लागु भयो’ भन्ने सोच गलत भएको बताए ।
जसपा अध्यक्ष यादवको प्रश्न : प्रदेशलाई अधिकार नदिइ संघीयता कसरी बलियो हुन्छ ?
जसपा अध्यक्ष यादवको प्रश्न : प्रदेशलाई अधिकार नदिइ संघीयता कसरी बलियो हुन्छ ? बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद यादवले अमूर्त काल्पनिक र मिठा शब्द भरेर मात्र राष्ट्र निर्माण हुन नसक्ने बताए । 
भ्रष्टाचारीलाई कारबाही नगरे राप्रपाले आन्दोलन गर्ने
भ्रष्टाचारीलाई कारबाही नगरे राप्रपाले आन्दोलन गर्ने सांसद शाहीले भने, ‘यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेम जस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरूलाई कानुनी कारबाही गरौँ । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार कम हुन्छ : महामन्त्री थापा
शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार कम हुन्छ : महामन्त्री थापा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।
रास्वपा सभापति लामिछानेको प्रश्न : सरकारले नाकाबन्दी शब्द किन छुटायो ?
रास्वपा सभापति लामिछानेको प्रश्न : सरकारले नाकाबन्दी शब्द किन छुटायो ? उनले भने, ‘हाम्रो आर्थिक क्रियाकलापमा बढी असर गरेको नाकाबन्दी भन्न सरकारले छुटाएछ । छुटाए छ कि डराएछ म अहिले भन्न सक्दिन । नाकाबन्दी बिर्सिने विषय हैन ।’ 
टेकनारायणको बयान : पदीय जिम्मेवारी र आचरणअनुसार भूमिका निर्वाह गरेको छु (पूर्ण पाठसहित)
टेकनारायणको बयान : पदीय जिम्मेवारी र आचरणअनुसार भूमिका निर्वाह गरेको छु (पूर्ण पाठसहित) अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो । मैले पदीय जिम्मेवारी दायित्व र आचरण अनुसार आफ्नो भूमिका निर्वाह गरेको छु । 
इन्द्रजित राईको बयान : आरोप सिद्ध प्रमाणित भए भागीदार हुनेछु (पूर्ण पाठसहित)
इन्द्रजित राईको बयान : आरोप सिद्ध प्रमाणित भए भागीदार हुनेछु (पूर्ण पाठसहित) सम्पूर्ण आरोप सबै सतप्रतिशत असत्य हो । निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा भागिदार हुने छु । 
भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग
भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् । 
टोपबहादुरको बयान : मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ (पूर्ण पाठसहित)
टोपबहादुरको बयान : मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ (पूर्ण पाठसहित) प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भइ आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन, निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् । मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन ।
Weather Update