News Griha :: न्यूजगृह
इन्द्रजित राईको बयान : आरोप सिद्ध प्रमाणित भए भागीदार हुनेछु (पूर्ण पाठसहित)

काठमाडौं— प्रतिवादी सानु भण्डारी कार्यालयमा १,२ दफा आउनु भाको थियो र उहाँहरूसँग १ पटक एउटा व्यक्ति केशवलाल पनि आउनु भएको थियो । निजहरूको विषय भुटानी शरणार्थी सम्बन्धमा मसँग १ दुई दफा टेलिफोनद्वारा मलाई सोध्नुहुन्थ्यो। मैले उहाँहरूलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ । सानु भण्डारी बाहेक अरू कसैलाई चिन्दिन । 

गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरूसँग विभिन्न विषयहरूमा कार्यालय सम्बन्धी त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोज्नु भएको थियो, मैले केही बाहिर नभएको यस विषय मैले केही सूचना नदिएको हो । तत्पश्चात् निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुन सक्छ, कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर, भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन । 

केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन । म तत्कालीन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिनापछि लगभग २०७६ असारदेखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेल सम्म कार्यरत रहेको हुँ । 

सो अबस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रूपमा कार्यरत रहेको हुँदा सोही अनुसारको सेवा सुविधासमेत राज्यवाट पाएको थिएँ । मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न–भिन्न चालक पिए र कार्यालय सहयोगी पीएसओहरू मेरोमा कार्यरत रहे । निजहरूको सबैको नाम मलाई याद भएन धेरै समय काम गरेका व्यक्तिहरूमध्ये पीएसओमा मगर थरका सई थिए । ड्राईभरमा सहायक हवल्दार डोलराज पाण्डे थिए पीएमा रोमा पाण्डे हुन्, अन्यको नाम थाहा भएन । सम्पूर्ण आरोप सबै सतप्रतिशत असत्य हो । निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा भागीदार हुने छु । 

यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो । तर, समिति गठन भएको १ दिन पछि मैले यो समितिको बारेमा जानकारी प्राप्त गरें । सल्लाहाकारको रूपमा कार्यरत भएकाले मेरो हस्ताक्षर मन्त्रालयको कुनै पनि पत्रमा आधिकारिक नहुने कारणले मलाई यो जानकारी पछि मात्रै प्राप्त भयो । यो मनगढन्ते कुरा हो । 

होटलमा मेरो सानु भण्डारीसँग कहिल्यै पनि भेट भएको छैन । मेरो जानकारी अनुसार पनि व्यक्ति शरणार्थीलाई लिएर प्रेम राईको कार्यकक्षमा कहिल्यै पनि नगएको हुँदा उता आरोप प्रेम राई तथा अन्य प्रतिक्षित व्यक्तिको नाम मुछेर उनलाई व्यर्थमा बदशम गर्ने कु लक्षित प्रयास हो । उस पर मेरी श्रीमती भुवनदेवी राईको नाममा मेघा बैंकबाट लिइ खारिद गरेको हो ।  उक्त घर सुमिता के सी. बाट विगत २ वर्ष अगाडि तिर खरिद गरेको हुँरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ । मैले उक्त घर खरिद गर्दाको अवस्थामा घर धनीलाई रकम दिएको भन्ने कुरा झुट्टा हो । आरोपितले लगाएको सबै भाभीको आरोपहरू अस्तै तथ्यहीन र प्रमाणविहीन आरोपहरू हुन् । 

यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरू हो र उनको डायरीमा पाइएको कुराहरू हो । जसको सत्यतामाथि सिधा प्रश्न उठ्छ र यो मनगढन्ते कपोकल्पित आरोप हो । आरोप प्रमाणित भएमा सजायको भागीदार हुनेछु । काल्पनिक व्यहोरा मैले दिएको भनेर ममाथि आरोप गलत हो, मैले उक्त सबै आरोपित बुँदाहरूको जवाफ माथि उल्लेखित मेरो जवाफमा दिए अनुसार सत्य हो ।

जहाँ सम्म १,५०,००,०००।– (एक करोड पचास लाख) र रु.२,००,००,०००/– (दुई करोड) गरी जम्मा रु.३,५०,००,०००।–(लिन कारोड पचास लाख) सवाल छ, बैंकमा साटिएको छ–छैन सम्बन्धित बैंकबाट जानकारी लिन अनुरोध छ भन्ने व्यहोरा उल्लेख गरी प्रतिवादी इन्द्रजित राईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

Indrajit11684912086.jpg

Indrajit21684912086.jpg

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:४७
Weather Update