News Griha :: न्यूजगृह
टेकनारायणको बयान : पदीय जिम्मेवारी र आचरणअनुसार भूमिका निर्वाह गरेको छु (पूर्ण पाठसहित)
फाइल तस्बिर ।

काठमाडौं— प्रतिवादीहरूमध्ये केशवप्रसाद दुलालसँग मात्र मेरो चिनजान छ, निज बाहेक अन्य प्रतिवादीहरूसँग मेरो चिनजान छैन, प्रतिवादी केशवप्रसाद दुलालसँग म आफू गृह मन्त्रालयमा कार्यरत रहँदाको अवस्थामा चिनजान भएको हो । म मिति २०७८ साल श्रावण २७ गते देखि मिति २०७९ भाद्र मसान्तसम्म कार्यरत रहेको हुँ । 

प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होइन । मुख्य सचिवज्यूको हस्ताक्षरित नेपाल सरकारको निर्णय मेरो कार्यकालभन्दा पूर्वको हो, मेरो कार्यकालमा थप परिचय पत्र वितरणको (वास्तविक भुटानी शरणार्थीका सन्तान बाहेक) मन्त्रालय र नेपाल सरकारको तहबाट कुनै निर्णय भएको छैन, पेश भएका परिचय पत्रको सत्यताको विषयमा सम्बन्धित शरणार्थी इकाइ र जिल्ला प्रशासन कार्यालय झापालाई बुझ्नुपर्ने हुन्छ म कार्यरत रहँदाको समयमा परिचय पत्रहरू वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानीय प्रशासन शाखाले गर्दछ ।

मेरो कार्यकालभन्दा पूर्व नै प्रतिवेदन तयार भएको र प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिहरूको नामावली समावेश भएको सो नाममा सम्पूर्ण लेनदेनको कार्य त्यही समयमा भएको देखिन्छ । मेरो कार्यकालमा गैरभुटानी शरणार्थीलाई शरणार्थी पहिचान दिने गरी कुनै काम कारबाही भएको छैन, साथै भुटानी शरणार्थीको तेस्रो देश स्थानान्तरण नहुने र शरणार्थीको नाममा हुने अवैध चलखेलप्रति सचेत रहन मिति २०७८ र २०७९ मा यूएनएचसीआर शरणार्थी इकाइ झापा र जिल्ला प्रशासन कार्यालय झापाबाट सूचना तथा विज्ञप्ति जारी भएको थियो । 

यस अवस्थामा शरणार्थीको नाममा लेनदेन गर्नु मेरो कल्पना र आचरणविपरीतको कार्य भएकोले सो कार्य म बाट भएको छैन । यस विषयमा तत्कालीन अवधिका सम्बन्धित विषयका कागजात र प्रतिवेदनबाट स्पष्ट हुन्छ । शरणार्थीको सम्बन्धमा मानवीय रूपमा समाधान गर्नुपर्ने विषयमा मेरो कार्यकालमा नेपाल सरकारबाट भुटानी शरणार्थीलाई उपलब्ध गराउने मानवीय सहायताको सम्बन्धमा निर्णय भएको छ । 

गृह मन्त्रालयबाट भुटानी शरणार्थी र प्रतिवेदनको फिल्डको अबस्था सम्बन्धमा वास्तविकता पेश गर्न मिति २०७८ सालमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक सीडीओको संयोजकत्वमा समिति गठन भइ उक्त समितिले काम गरी रहेको अवस्था थियो । शरणार्थी र प्रतिवेदनमा भएका व्यक्तिहरूको शरणार्थी शिविरसँगको सम्बन्ध र वास्तविकता सो समितिबाट बुझ्न सकिन्छ । मेरो कार्यकालमा भुटानी शरणार्थीको नाममा विदेश पठाउने चलखेल जवाफ १६ को सन्दर्भबाट रोक लागेको हो । 

उक्त कार्यमा रोक लागेपछि भुटानी शरणार्थीको नाममा पैसा उठाइएका पैसा दिने व्यक्तिहरूले पैसा फिर्ता माग गरेपछि प्रतिशोध स्वयमलाई गरेको हो आरोपमा कुनै सत्यता छैन उभिएको कानुन आउनेमध्येसँग आवश्यक सूचना गर्ने र सोको आधारमा निर्णय गर्न वा धनको उपयोग गर्न आधारमा भुटानी शरणार्थीको लामो देखि चली आएको विषयलाई एउटा निर्णय प्रक्रियाको लागि उपयोग गरिएको छ । 

गृह मन्त्रालय राजनितिक प्रकृतिको जनसम्पर्क मन्त्रालय रहेको छ सम्पर्कमा आउने व्यक्तिलाई राजनितिक रूपमा व्यक्तिगत रूपमा सुरक्षा तथा प्रकृयाबाट सम्पर्क गर्ने तथा सूचना अनुसन्धान के सम्पर्क भएको प्राप्त सूचना र सम्पर्कको राजनीतिक केतुत्वलाई समय–समयमा जानकारी गराउने गरेको थिए । प्राप्त सूचना समेतको आधारमा भुटानी शरणार्थीको समस्या मार्ग को विकृतिजन्य अवस्थाको अन्त्य गर्न नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक निर्णय भएको थियो । 

निजसँगको उदेश्यले सम्पर्क स्थापित गरिएको थिएन । म त असोजमा दिल्लीमा उपचारमा जाँदा मोबाइल बिग्रेको हुँदा बनाउन लगाएको थियो बनाउने क्रममा मोवाइलमा भएको डाटाहरू उठेको हुन सक्छ, यसमा मेरो कुनै बदनियत छैन ।  सूचना संकलन के क्रममा उक्त कुराकानी भएको हो । उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग एअरपोर्टबाट तस्करीको लागी दलालहरूले यसरी प्रयास गरी रहेका छन, सो गर्नको लागि कदम चाल्न निर्देशन एकोहोरो सबैभन्दा प्रभावकारी रूपमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।

बदनियतः राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिए जस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन । मेरो कार्यकालमा कसैलाई शरणार्थी बनाउने र परिचय पत्र वितरण गर्ने काम भएको थिएन, रिज प्रतिवादीलाई शरणार्थी बनाउने आश्वासन पनि दिएको थिएन र सो बापत प्रतिवादीले भने जस्तै रकम लेनदेन हुने कुरै भएन । हालसम्म मेरो पीएसओ तथा ड्राईभरको रूपमा कामती थरको कुनै प्रहरी कर्मचारी खटिएको अवस्था छैन । साथै निजले भने जस्तो रकम लिएको र फोनबाट जवाफ दिएको छैन । भुटानी शरणार्थी समस्याका विषयमा मेरो स्पष्ट बुझाइ छ । 

जुन उद्देश्य र प्रयोजनका लागी समिति गठन र प्रतिवेदन तयारी भयो, त्यसले समस्यालाई सुल्झाउने भन्दा विकृति सृजना गरेको मेरो कार्यकालमा सूचना प्राप्त भयो । प्रतिवादी लगायतलाई सोही विषयको सूचना संकलनको लागी उपयोग गरिएको हो । प्रतिवेदन र त्यसबाट सृजित परिस्थितिलाई मेरो मन्त्रालयको टिमले सशकित र सचेत रूपमा विश्लेषण गरेका थियौँ । प्रतिवेदनमा उल्लेखित व्यक्तिहरूको शरणार्थी शिविर र शरणार्थीसँगको सम्बन्धको विषयमा यथार्थ विश्लेषण गर्नु आवश्यक थियो, त्यसको लागि सो विषयमा नेपाल सरकार र मन्त्रालयको तहबाट आवश्यक निर्णय भएको हो ।

शरणार्थी समस्याको विकृतिमा संलग्न मानिसहरूसँग जोडिएर उनीहरूको लोभ लालचमा पर्ने भन्ने मेरो कल्पना र आचरण बाहिरको विषय हो । त्यसमा म लोभिएको, झुक्किएको र कुनै रूपमा पनि संलग्न छैन । अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो । मैले पदीय जिम्मेवारी दायित्व र आचरण अनुसार आफ्नो भूमिका निर्वाह गरेको छु । 

अवान्छित गतिविधिमा मेरो कुनै संलग्नता छैन । शरणार्थीको सम्बन्धमा जे–जति विषयहरू उठान भए र मुद्दाहरू जित भए ती सबै प्रतिवेदन तयारीको लागि समिति गठन र प्रतिवेदन तयारी बिचको अवधिमा भएको देखिन्छ । मेरो कार्यकालमा शरणार्थी समस्याका विषयमा प्राप्त सूचनाका आधारमा तेस्रो देश स्थानान्तरणका नाममा सूचीमा नाम समावेश व्यक्तिहरूलाई अल्झाउने, अल्मल्याउने प्रक्रिया चलिरहेकोमा त्यसको निकास खोज्न आवश्यक निर्णय भइ विचल्लीमा परेकाहरूले गुहार माग्ने र अप विचल्लीमा कोही पनि व्यक्ति नपर्ने अवस्थाको सिर्जना भएको हो । मेरो कार्यकालमा शरणार्थीको नाममा व्यक्तिलाई अल्झाउने र नाजायज फाइदा लिने उद्देश्यले कुनै काम भएको छैन भन्ने व्यहोराको प्रतिवादी टेक नारायाण पाण्डेको बयान कागज ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:११
Weather Update