News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आन्दोलनमा जाने बताएका छन् ।  

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे राप्रपाले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताएका हुन् । प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल जस्तो बनाउन नहुने पनि बताए ।

Prabhu Bank

सांसद शाहीले भने, ‘यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेम जस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरूलाई कानुनी कारबाही गरौँ । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग उनले माग गरेका छन् । ट्रेड युनियनकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएको उनको तर्क थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:१२
sagarmatha cementsagarmatha cement
Weather Update