News Griha :: न्यूजगृह
जलेर घाइते हुँदा आफूलाई आएको सहयोगबाट अस्पताल बनाइदिन भण्डारीको आग्रह 

काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आफू जलेर घाइते हुँदा आएको सहयोगबाट अस्पताल बनाउन आग्रह गरेका छन् । 

गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारीले उपचारपछि आफूलाई आएको सहयोग रकमले अस्पताल बनाइदिन सरकारसँग आग्रह गरेका हुन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा उनले भने, ‘म बिरामी हुँदा देश तथा विदेशका सबै साथीहरूले सहयोग गर्नुभयो । मैले सहयोग नमाग्नु भनेको थिए म निदाएको थिए । भारतमा ७ दिनमा होस आउँदा धेरैले सहयोग गर्नुभएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले मलाई दिने सहयोग हस्पिटल बनाउन प्रयोग होस् भनेर प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’ 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:३५
Weather Update